• २०८१ बैशाख १६ आइतबार

उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो, ३६ करोड तिर्न बाँकी

kharibot

उदयपुर । उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ । बिद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतवारवाट बिद्युत काटिएको हो । बिद्युत काटिए पछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परको छ ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ । 

उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतवारवाट बिजुली काटनु परेको जानकारी दिए ।

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहदैँ आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं । तर, पूर्णरूपमा बिधुतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै