• २०८१ बैशाख १७ सोमबार

विद्युत प्राधिकरणको आम्दानी घट्यो

kharibot

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी घटेको छ । बिहीबार नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक अर्ब ४ करोडले नाफा घटेको  जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक अर्ब ४ करोडले नाफा घटेको जानकारी दिएका हुन् । 

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्नु,  हिउँ नपर्नुलगायतका कारणले विद्युत उत्पादनमा घटेको भन्दै उनले  आन्तरीक माग धान्न विद्युत आयात गर्नु परेको नाफा प्रभावित भएको बताए ।  

‘आर्थिक वर्ष २०७७ —७८ मा नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको मा २०७८—८९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड  रुपैयाँ पुगेको थियो ।  ७९—८० मा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।’ उनले भने, ‘गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेकोले प्राधिकरण र नीजि क्षेत्रका जलविद्युत केन्द्रहरु विद्युत उत्पादनमा ह्वास आउँदा आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको हो ।’

उनले  विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीमा सुधार, पूर्वाधार निर्माण र सुदृढिकरण अगाडि बढाईएको पनि दाबी गरे । 

काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध प्रशाारण लाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाएको उनको भनाई छ । 

उनले भने, ‘विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार निर्माण व्यवस्था संरचनाहरु र सुधार र सुदृढीकरण अगाडि बढाईएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध ४ सय २२० र १३२ के.बिका प्रशारण लाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाईएको छ ।’

महानिर्देशक घिसिङले सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउँन डिजिटल एनिय कार्यक्रम अन्तरर्गत प्रशारण तथा वितरण तर्फका सवस्टेसनहरुलाई स्वचालित बनाउन सुरु गरीएको पनि जाकारी दिए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै