• २०८१ बैशाख १४ शुक्रबार

मलाई हिरासतमा आतंकवादीलाई जस्तो व्यवहार गरियो- इमरान खान

kharibot

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई दिनमै सर्वोच्च अदालतले रिहा गरेको छ । खानको गिरफ्तारीलाई गैरकानूनी भन्दै प्रधानन्यायाधीशको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले बिहीबार नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) लाई इमरानलाई रिहा गर्न आदेश दिएको थियो ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बण्डियालले कुनै अदालतबाट अभियुक्तलाई पक्राउ गर्न नपाइने बताउदै यसबाट अदालतको अवहेलना हुने बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार प्रधानन्यायाधीशले इमरानलाई उनको स्वास्थ्य अवस्थाबारे सोधेका थिए । जवाफमा इमरान खानले आफुलाई हिरासतमा कुटपिट गरिएको बताउदै भने- 'मलाई गिरफ्तार गरिएको होइन, मलाई अपहरण गरिएको थियो । हिरासतमा कुटपिट गरियो ।'

रिहाईपछि इमरानले आफुलाई हिरासतमा आतंकवादीलाई जस्तो व्यबहार गरिएको बताए ।

उनले भने- 'मलाई आतंकवादी हुँ जस्तो गरी पक्राउ गरिएको हो । अपराधी जस्तै व्यवहार गरियो । लाठीले कुटेको थियो । १४५ भन्दा बढी झुटा मुद्दा दायर भएका छन् । मेरो गिरफ्तारी पछि देशमा के भयो थाहा छैन । म देशको अवस्था बिग्रियोस् भन्ने चाहन्न ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै