• २०८१ असोज २० आइतबार

रास्वपाका पूर्वसांसद ढाकाकुमारले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाही गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमाथिको सुनुवाइ आज हुँदै छ ।

गत चैत्र २४ गते उनले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको भन्दै सांसदमा पुनर्वहाली गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको 'कोर टिम' ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै