• २०८१ बैशाख २७ बिहीबार

सल्यानमा विषादी सेवनबाट बालकको मृत्यु

kharibot

सल्यान । सामान्य घरायसी विवादाम विषादी सेवन गरेर सल्यानमा १२ वर्षीय बालकको ज्यान गएको छ ।

जिल्लाको बाग्चौर नगरपालिका-४ लौराबाङ्ग घर भएका १२ वर्षीय रविन पुनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य विवाद हुँदा पुनले शनिबार बेलुकी घरमा आएर विषादी सेवन गरेका थिए ।

विषादी सेवन गरेर घरको शौचालयमा बहोस अवस्थामा भेटिएका पुनको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गर्ने क्रममा आइतबार बिहान मृत्यु भएको सूचना अधिकारी खनालले बताए ।

बालक पुनको मृत्यु भएपछि अहिले घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारी खनालको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै