• २०८१ बैशाख २१ शुक्रबार

आमिर खान काठमाडौँमा

kharibot

काठमाडौँ । बलिवुडका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौँ आइपुगेका छन् । आमिर आइतबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । 

५८ वर्षीय खानलाई पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

आमिर खान बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न काठमाडौँ आएको बताइएको छ । उनले विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बुझिएको छ ।  

आमिर पछिल्लो फिल्म लालसिंह चड्डा बक्स अफिसमा असफल भएपछि नयाँ फिल्ममा काम गरेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै