• २०८१ बैशाख २२ शनिबार

चार्ल्सको राज्यशिषेक चलिरहदा राजतन्त्र बिरोधी प्रदर्शन, ५० बढी पक्राउ

kharibot

लन्डन । बेलायतमा राजतन्त्र बिरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी ब्यक्ति पक्राउ परेका छन् । 

शनिवार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार बेलायती राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुले राज्यभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्कवायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र बिरोधी अभियानका बिरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरुले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरुले टिसर्टमा राजतन्त्र बिरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो ।

यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै