काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो चरण अन्तर्गत नेपाल इरानसँग पराजित भएको छ ।
जोर्डनको प्रिन्स मोहमद स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको हो । इरानले खेलको ८१औं मिनेटमा गोल गरेको थियो ।
नेपालको समूहमा जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । नेपालले अब दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ ।
नेपाली टोली -
गोलकिपरः सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी ।
डिफेन्डरः अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई ।
मिडफिल्डरः माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ ।
फरवार्डः सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।