• २०८१ बैशाख १८ मंगलबार

भरतपुर महानगर उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित

kharibot

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ ।

विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित गरिएको हो । 

विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुरलाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्याङ्कनको आधारमा दे कै पहिलो स्थानीय तहमा पहिलो भएको हो ।

त्यसै आधारमा भरतपुरलाई सम्मानित गरिएको हो । विकास, समृद्धि र शुसानलाई आधार मानेर हरेक वर्ष देशभरबाट उत्कृष्ट एक स्थानीय सरकारलाई सम्मानित गर्ने गरेको प्रालिका अध्यक्ष संजिवकुमार दाहालले बताए ।

अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी (पौडेल) सम्मानित भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै