• २०८१ बैशाख १८ मंगलबार

चितवन-२ मा मतपेटिका जम्मा गरिदै, आजै रातिबाट मतगणना हुने

kharibot

चितवन । चितवन-२ मा सम्पन्न उपनिर्वाचनको मतदानपछि अहिले मतपेटिका संकलन भइरहेको छ । मुख्य निर्वाचन कार्यालय चितवनका अनुसार सबै मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा ल्याउनेक्रम जारी रहेको छ ।

आयोगले राति १० बजेभित्र सबै मतपेटिका जम्मा भइसक्ने जनाएको छ ।

आयोगले चितवन-२ मा ६३ प्रतिशत मतदान भएको जनाएको छ । जुन यसअघि मङ्सिर ४ को मतदान भन्दा करिब ५ प्रतिशतले कमि हो । 

चितवन २ मा गत वैशाखमा एक लाख २४ हजार २१५ मतदाता रहेकामा यसपालि ४८० जना थपिएर १ लाख २४ हजार ६९५ मतदाता रहेका थिए । तर, मतदाता थपिए पनि मतदान भने मंसिरको भन्दा कम भएको छ ।मतपेटिका मतगणना स्थलमा ल्याइसके लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र

मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको यस क्षेत्रमा रास्ववाबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै