• २०८१ बैशाख २३ आइतबार

भारतका मोस्ट वान्टेड अमृतपाल सिंह पक्राउ

kharibot

नयाँ दिल्ली । भारतका मोस्ट वान्टेड सूचीमा रहेका अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ ।

अमृतपाललाई रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेज्का छन् । पक्राउ हुनुअघि अमृतपालले गुरुद्वारामा प्रवचन दिइरहेका थिए । उनी आफ्ना समर्थकहरूको भीडसँग यहाँ आत्मसमर्पण गर्न चाहान्थे । अमृतपाललाई भटिण्डा एयरपोर्टबाट विमानबाट असमको डिब्रुगढ जेल लगिने बताइएको छ । अमृतपाल विरुद्ध एनएसए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

अमृतपाल विगत ३६ दिनदेखि फरार थिए । उनले आफ्ना एक समर्थकको रिहाईका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । मार्च १८ मा अमृतपाललाई पक्राउ गर्न प्रहरीले घेराबन्दी गरेको थियो तर अमृतपाल फरार थिए ।

वारिस पञ्जाब दे प्रमुख अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । यस बीचमा उनी दिल्लीसहित देशका धेरै राज्यमा देखा परेका थिए । उनका धेरै तस्विर र भिडियो पनि सार्वजनिक भए । जसमा अमृतपाल खुलेआम घुमिरहेको देखिए पनि प्रहरी र गुप्तचर निकायको हात उनीसम्म पुग्न सकेका थिएनन् ।

गिरफ्तार हुनुअघि अमृतपालले भनेका छन्- 'यो जर्नेल सिंह भिन्द्रनवालेको जन्मस्थल हो । त्यही ठाउँमा हामी आफ्नो कामलाई विस्तार गर्दै एउटा टर्निङ प्वाइन्टमा उभिरहेका छौं । एक महिनादेखि के भइरहेको छ, सबैले देखेका छन् । यदि यो एउटा मात्र कुरा हो भने । गिरफ्तार गरेपछि गिरफ्तारीका उपाय धेरै थिए । सहयोग गर्दथ्यौँ । दुनियाको अदालतमा दोषी हुन सक्छौँ, सत्य गुरुको अदालतमा होइन । एक महिनापछि फैसला भयो लड्यौँ यो धर्तीमा  । झुटो मुद्दाहरू छन्, हामी सामना गर्नेछौं, गिरफ्तारी अन्त्य होइन सुरुवात हो ।

प्रहरी स्रोतका अनुसार अमृतपाल सिंह वैशाखीको दिन अर्थात् १४ अप्रिलमा आत्मसमर्पण गर्न चाहन्थे । भटिंडाको तलवंडी साबोस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्ने उनको शर्त थियो । इन्टेलिजेन्स र पञ्जाब पुलिसलाई यो कुरा थाहा पाउने बित्तिकै अमृतपाललाई दमदमा साहिब पुग्नबाट रोक्नको लागि पुलिस सुरक्षा कडा पारियो । त्यसपछि उनी रोडे पुगेपछि प्रहरीले उनलाई समात्यो ।

अमृतपालले आइएसआईको सहयोगमा आनन्दपुर खालसा फोर्स बनाउने तयारी गरिरहेको प्रहरीको दाबी छ । उनको घरबाट बरामद गरेको हतियारमा एकेएफ (आनन्दपुर खालसा फोर्स) लेखिएको फेला परेको छ । षड्यन्त्रको एक हिस्साको रूपमा, धर्मको नाममा घृणा फैलाएर पञ्जाबको वातावरण बिगारिरहेको उनलाई आरोप लगाइएको छ । उनीमाथि वैदेशिक लगानी रहेको आशंका पनि छ । 

साथै अमृतपालले पञ्जाबमा खालिस्तानी सेनालाई एकजुट गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पञ्जाबको भूमिमा अचानक आएर केन्द्रीय गृहमन्त्री अमित शाहलाई सीएम भगवन्त मानलाई चुनौती दिएका अमृतपाल सिंहले पञ्जाबका युवाहरूलाई आफूसँग जोड्ने मास्टर प्लान तयार गरेको बताइन्छ । उसले अमृत पिउने र नशाबाट छुटकारा दिने नाममा युवालाई आफूसँग जोडिरहेको थिए तर त्यसै क्रममा पञ्जाबमा खालिस्तानको लहर पनि सृजना गरिरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै