• २०८१ जेठ १ मंगलबार

मतपत्र छाप्न पैसा नभएपछि श्रीलंकाको स्थानीय तहको निर्वाचन फेरी स्थगित

kharibot

काठमाडौँ । श्रीलंकाले आफ्नो स्वतन्त्रता पछिको सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । यसैबीच, देशको निर्वाचन आयोगले पनि अप्रिल २५ मा हुने स्थानीय निकायको निर्वाचन आर्थिक अभावका कारण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।

सोमबार प्रधानमन्त्री दिनेश गुणवर्द्धनेले निर्वाचन आयोगका पदाधिकारी र प्रमुख राजनीतिक दलका सदस्यसँग भेटवार्ता गरेका थिए । त्यसको एक दिनपछि आयोगले यस्तो घोषणा गरेको हो । निर्वाचन आयोगका महानिर्देशक समन श्री रत्नायकेले अर्थ विभागले रकम वितरणको पुष्टि गरेपछि मात्र निर्वाचनको अर्को मिति घोषणा गरिने बताए ।

मुलुकको वर्तमान आर्थिक मन्दीसँग सम्बन्धित विभिन्न कारणले यसअघि मार्च ९ मा स्थानीय निकायको निर्वाचन गर्ने भनिए पनि अप्रिल २५ सम्मका लागि सारिएको थियो । गत महिना निर्वाचन आयोगले बजेट अभावका कारण स्थानीय निकायको निर्वाचनका लागि हुलाक मतदान स्थगित गरेको थियो ।

मार्चमा, श्रीलंका सरकारको मुद्रण विभागका प्रमुख गंगानी लियानागेले मतदानका लागि मतपत्र छाप्न नसक्दा चुनाव स्थगित गर्नुपरेको बताएका थिए । 

३४० स्थानीय परिषदमा चार वर्षे कार्यकालका लागि नयाँ प्रशासन नियुक्त गर्ने निर्वाचन आर्थिक संकटका कारण गत मार्चदेखि स्थगित भएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऋणमा डुबेको श्रीलंकालाई आर्थिक संकटबाट पार पाउन र अन्य विकास साझेदारहरूबाट आर्थिक सहयोग जुटाउन मद्दत गर्नको लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ।

श्रीलंका २०२२ मा अभूतपूर्व आर्थिक संकटमा परेको थियो विदेशी मुद्रा भण्डारको गम्भीर ह्रासको कारणले गर्दा टापु राष्ट्रमा ठूलो राजनीतिक र मानवीय संकट निम्त्याएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै