• २०८१ बैशाख १५ शनिबार

निर्वाचन आचारसंहिताविपरीत बारा-२ मा चुनाव प्रचार

kharibot

बारा । निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ ।

तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् ।

गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन् ।

उनीहरुले निर्वाचन आचारसंहिताविपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन् ।

सो कार्यक्रम करैयामाई गाउँपालिका अध्यक्ष यादवज्युको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा जसपालाई जिताउन अध्यक्ष यादवले कार्यकर्ताहरुसंग आग्रह गरेका थिए ।

कार्यक्रममा जसपा नेपालका नेता जोगेन्द्र पण्डित, रामविशवास साह, पिंकीकुमारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै