• २०८१ बैशाख २३ आइतबार

मुम्बईमाथि चेन्नईको सानदार जित

kharibot

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो । चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका अजिक्या रहाणेले ६१ रनको उत्कृष्ट इनिङ खेले । 

ऋतुराज गायकवाड ४० रनमा अविजित रहे । अम्बाती रायुडू २० रनमा अविजित रहे । मुम्बईका जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले एक एक विकेट लिए ।

यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । 

मुम्बईका ओपनर ईशान किशनले सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २१ रन बनाए । 

तिलक बर्मा २२, अर्शद खान २ र ट्रिस्टन स्टब्सले ५ रन बनाए । चेन्नईको जितमा रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनार र तुषार देशपान्डेले दुई दुई  विकेट लिए । 

शनिबार पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो । आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ ः ४५ मा गुजरात र कोलकाताबीच अहमदाबादमा हुनेछ । दोस्रो खेलमा साँझ ७ ः ४५ मा हैदराबाद र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै