• २०८१ बैशाख १४ शुक्रबार

आईपिएल- यस्तो छ फाइनल खेलको रौनक (फोटोफिचर)

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा अहिले केहीबेरमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दै छन् । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुने छ । 

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउदै फाइनलको यात्रा तय गरेको हो ।

विश्वको दोस्रो ठूलो पुरस्कारको क्रिकेट खेलका लागि आज राती मास्टर (एमएस धोनी) र प्रोटेज (हार्दिक पाण्डेय) बीच प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ ।

फाइनल खेल हेर्नका लागि नरेन्द्र मोदी स्टेडियम वरिपरी ठूलो भिड लागिरहेको छ । दुई दिनअघि घरेलु टोली फाइनलमा पुगेको हेर्न ७५,६५५ जना थिए । त्यो आंकडा यहाँ ग्रहण हुन बाध्य छ । 

अहमदाबादमा एक लाख भन्दा बढी सिटहरू छन् । ती मध्ये प्रत्येक सिट बुक हुने प्रबल सम्भावना छ । तर अहिले त्यहाँ ठूलो वर्षा भैरहेको छ । त्यहाँको मौसम अनुसार फाइनल खेल निर्भर रहन्छ । 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै