• २०८१ बैशाख २३ आइतबार

प्रियंका जस्तै मपनि बलिवुडमा राजनीतिको शिकार भएको थिए- विवेक ओबराय

kharibot

काठमाडौँ । बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका चोपडाको अभिव्यक्तिले भारतीय सिनेमा तरंग ल्याएको छ । हालै उनले बलिवुडमा आफु राजनीतिको शिकार भएको बताएको विषय अहिले चर्चामा छन् ।

हाल मुम्बईमै रहेकी अभिनेत्री प्रियंकाको अभिव्यक्तिपछि अन्य कलाकारले पनि बलिवुडमा हुने राजनीति र गुटबन्दीको बारेमा खुलेर कुरा गर्न थालेका छन् ।

यसैक्रममा अभिनेता विवेक ओबेरोयले पनि प्रियंकाको अभिव्यक्तिको समर्थन गर्दै आफुपनि यसको शिकार भएको बताएका छन् ।

विवेकले २००३ मा सलमान खानविरुद्ध पत्रकार सम्मेलन गरेर आरोप लगाएपछि आफूमाथि राजनीति शुरु भएको बताए । 

अहिले आफ्नो खराब चरणको सम्झना गर्दै विवेकले हालैको एक अन्तर्वार्तामा भनेका छन्- 'म यसबाट बाहिर आएकोमा खुसी छु । म एक प्रकारको परीक्षामार्फत आएको छु र बाँचेको छु, तर सबैजना यति भाग्यशाली हुदैनन् ।'

विवेकले आफुपनि प्रियंकाले भोगे जस्तै समयबाट अगाडी बढेको बताउदै दुर्भाग्यवश, यो हाम्रो उद्योगको पहिचान भएको उल्लेख गरे । उनले भने- 'यो हाम्रो उद्योगको एक अँध्यारो पक्ष हो र मैले यसलाई पार गरेको छु । मलाई थाहा छ यो निराशाजनक छ । यसले मानिसलाई धेरै थकित र हराएको महसुस गराउँछ ।'

साथै विवेकले प्रियंकाले आफ्नो लागि नयाँ ठाउँ खोजेको र त्यो धेरै प्रेरणादायक रहेको बताएका छन् । उनले भने- 'उनी बाहिर गएर केहि फरक गरिन् । एक हिसाबले उनी फोहोरी राजनीतिबाट बाहिर आएकी छिन् । व्यक्तिगत र व्यावसायिक रूपमा उनको यो कदम जादुई नै भयो ।'

विवेकले सन् २००७ मा हिट फिल्म ‘शूटआउट एट लोखंडवाला’ मा अवार्ड विजेता प्रस्तुति दिएपछि पनि १४ महिना घरमै बस्नुपरेको खुलासा गरे । उनले आफुले सुपरहिट फिल्म दिदा पनि काम नपाएको बताए । 

प्रियंकाले हालै एक अन्तर्वार्ताका क्रममा आफूलाई फिल्म उद्योगका मानिसहरूले एक्लो बनाएको र काम नपाएको बारे खुलासा गरेकी थिइन् । आफ्नो हलिवुड यात्राको बारेमा कुरा गर्दै प्रियंकाले यस्तो खुलासा गरेकी थिइन् ।  प्रियंकाको खुलासापछि अभिनेता शेखर सुमनले पनि आफु र आफ्नो छोराविरुद्ध बलिवुडमा राजनीति भएको बताएका थिए । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै