• २०८१ बैशाख १५ शनिबार

बेलायतका बक्सर अमिर खानलाई दुई बर्षको प्रतिबन्ध

kharibot

काठमाडौँ । बेलायतका बक्सर अमिर खानलाई दुई बर्षको प्रतिबन्ध लागेको छ । डोपिङ टेस्टमा फेल भएपछि स्टार बक्सर खानलाई दुई बर्षको प्रतिबन्ध लगाइएको हो ।

२०२२ को फेब्रुअरीमा लिइएको उनको डोपिङ नमुना पोजेटिभ पाइएको थियो । उनको पिसाबमा गरिएको परिक्षणमा शरीरको मांशपेशी बलियो बनाउने प्रतिबन्धित ओस्टारिनको मात्रा पाइएको थियो । बेलायतको एन्टी डोपिङ एजेन्सीले गरेको परिक्षण अनुसार खानले जानी जानी ओस्टारिन लिएको नदेखिएपछि उनलाई चार बर्षको सट्टा दुई बर्षका लागि मात्र प्रतिबन्ध लगाएको डेलिमेलले उल्लेख गरेको छ ।

खानले डोपिङ परिक्षण पोजेटिभ देखिएपछिको सुनुवाईमा ओस्टारिनको मात्रा उनको शरीरमा कसरी आयो भन्ने बारेमा पुष्टि गर्न सकेका थिएनन् ।

तर यो प्रतिबन्धले खानलाई भने कुनै असर नगर्ने देखिएको छ । किनभने उनले बक्सिङबाट सन्यास लिइसकेका छन् । ३६ बर्षिय खानले प्रतिबन्ध लागेको खबर बाहिरिएपछि प्रतिक्रिया दिदै आफु बक्सिङमा फर्किने कुनै योजना नभएको स्पष्ट गरेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै