काठमाडौँ । आइसीसी विश्वकप क्वालिफायर प्लेअफमा युएईले तेस्रो जित हासिल गरेको छ ।
आइतबार सम्पन्न खेलमा युएईले नामिबियालाई २८ रनले पराजित गर्दै तेस्रो जित हासिल गरेको हो ।
युएईले दिएको २६८ रनको लक्ष्य पछ्याएको नामिबियाले ४८.४ ओभरमा अलआउट हुदै २३९ रन बनाएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ५ विकेट गुमाउदै २६७ रन बनाएको थियो ।
यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै नामिबियाको ३ खेलमा ४ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।
अब युएईले प्लेअफ अन्तर्गत आफ्नो अन्तिम खेल जर्सीसँग बुधबार खेल्ने छ भने नामिबियाले आफ्नो चौथो खेल मंगलबार क्यानाडासँग खेल्ने छ भने पाँचौ खेल बुधबार पीएनजीसँग खेल्ने छ ।