• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री कप महिला टी- २० मा प्लेअफमा पुग्ने चार टिमको टुंगो

kharibot

काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

जारी प्रतियोगितामा लगातार ६ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १२ अंकसहित शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

त्यस्तै कोशी प्रदेशले ६ मध्ये ५ खेलमा जित र एक हारसहित १० अंक हासिल गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले ६ खेलमा ४ जित र २ हार सहित ८-८ अंक हासिल गर्दै तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेपनि क्वालिफायर र इलिमिनेटर खेल्ने टिमको टुंगो भने अन्तिम लिग खेलपछि लाग्ने छ ।

लुम्बिनी प्रदेश र मधेश प्रदेशले ६ खेलमा २-२ खेल जितेर ४-४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहदै प्लेअफमा पुग्न असफल भएका छन् । त्यस्तै गण्डकीले एक खेलमात्र जितेर २ अंक हासिल गर्दै सातौं स्थानमा छ भने कर्णाली प्रदेशले खेलेका ६ वटै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

अन्तिम लिग खेल शनिबार हुने छ । अन्तिम लिग खेलमा एपीएफले बागमती प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले सुदूरपश्चिमको सामना गर्ने छ ।  त्यस्तै मधेश प्रदेशले कर्णाली प्रदेशको सामना गर्ने छ भने लुम्बिनीले कोशी प्रदेशको सामना गर्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै