काठमाडौँ । आइसीसी विश्वकप क्वालिफायर प्लेअफ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ ।
विहिबार राति सम्पन्न खेलमा अमेरिकाले युएईलाई ५ विकेटले पराजित गरेको हो ।
युएईले दिएको २८० रनको लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अमेरिकाको जितमा साइतेजा मुक्कमल्लाले अविजित १२० रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ५० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको युएईले आसिफ खानको विस्फोटक १०३ रनको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २७९ रन बनाएको थियो ।
जारी प्लेअफमा अमेरिकाको तेस्रो खेलमा यो दोस्रो जित हो । यो जितपछि ३ खेलमा अमेरिकाको ४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै आफ्नो पहिलो खेल जितेको युएईले यस खेलमा हार बेहोरेसँगै २ खेलमा २ अंकसहित चौथो स्थानमा रहेको छ ।