• २०८१ बैशाख १४ शुक्रबार

बल्खु खोलामा नवजात शिशुको शव फेला

kharibot

काठमाडौं । काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै