काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरको छ ।
विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो ।
गुणस्तरीय शिक्षामा लगानी गर्नु मानव पूँजीको विकासका लागि महत्वपूर्ण रहेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले बताएका छन् ।
साथै उनले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत यसले सहयोग पुग्ने बताएका छन् ।