• २०८१ बैशाख १७ सोमबार

खोपारा लेकमा पर्यटकको आगमन बढ्यो

kharibot

तस्बीर: रासस

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने पर्यटकीय खोप्रा (खोपारा) लेकमा पर्यटकको आगमन बढेको छ ।

समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटर उचाइमा रहेको खोप्रामा पछिल्लो समय बाह्य र आन्तरिक पर्यटकको संख्या बढेको हो ।

खोप्राबाट देखिने वन, मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरुसँगै बिहानीमा देखिने सूर्योदयलेसमेत पर्यटकलाई लोभ्याउँछ । पछिल्लो समय ‘पहाडको परी’को रुपले परिचित खोप्रा लेकमा दिनहुँ  पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

खोप्रा लेकबाट मनास्लु, माछापुछ्रे, अन्नपूर्ण, नीलगिरी, धौलागिरी, गुर्जा लगायतका हिमशृंखलालाई नजिकबाट अवलोकन गर्न पाउनु खोप्राको प्रमुख विशेषता रहेको छ । खोप्रालेकबाट दृश्यावलोकन मात्र नभई प्राकृतिक रुपले समेत पर्यटकलाई तानिरहेको छ ।

त्यहाँबाट म्याग्दीसहित पर्वत, कास्कीका पहाडका बस्तीहरु समेत अवलोकन गर्न सकिने भएपछि पर्यटकको रोजाइमा पर्न थालेको स्थानीयहरु बताउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै