• २०८१ बैशाख ८ शनिबार

टियु मैदानमा क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

kharibot

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

युएईले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ र यो समाचार तयार गरुन्जेल आफ्ना शुरुवाती चार विकेट गुमाएको छ ।

नेपाल जित्नैपर्ने अवस्थामा रहेको यस खेलमा नेपाली क्रिकेटका समर्थकले भने राम्रो साथ दिएका छन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदान समर्थकले भरिएको छ भने मैदान बाहिर पनि उत्तिकै दर्शक रहेका छन् ।

यो खेल हेर्न काठमाडौँ बाहिरबाट पनि हजारौं समर्थक टियु मैदान पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आजको खेलका सबै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ । 

नेपाली क्रिकेट समर्थकले फेरी एक पटक एसोसियट्स देशमा क्रिकेटको सबै भन्दा बढी क्रेज नेपालमा भएको प्रमाणित गरेका छन् ।

आजको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टियु मैदान पुगेका छन्  ।

यो समाचार तयार गरुन्जेल युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै