• २०८३ असोज ३ शनिबार

साउथहम्पटनसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

साउथहम्पटनसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड साउथहम्पटनसँग बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा समिति भएको म्यानचेस्टर युनाइटेड साउथहम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको ३४औं मिनेटमा क्यासेमिरोले रातो कार्ड पाएर मैदान छोडेपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

क्यासेमिरोको रातो कार्ड म्यानचेस्टर युनाइटेडलाई महँगो पर्ने देखिएको छ । उनलाई चार खेलको प्रतिबन्ध लागेको छ ।

उच्च फर्ममा रहेका क्यासेमिरोको युनाइटेडमा यो दोस्रो रातो कार्ड हो ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको२६ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै साउथहम्पटनको २६ खेलमा २२ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै