• २०८१ बैशाख ३१ सोमबार

श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक

kharibot

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ ।

बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन- एएनआर विमानको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि क्यानले श्री एयरलाइन्सका सबै जहाजको प्राविधिक परीक्षण गर्न आदेश दिदै उडानमा रोक लगाएको हो ।

प्राविधिक परिक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै