• २०८१ जेठ ७ सोमबार

कांग्रेस सांसद गुरुङलाई भ्रष्ट्राचारको आरोपमा जरिवाना मात्र, जेल सजाय भएन

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्ट्राचारको आरोपमा जरिवानामात्र गर्ने सजाय सुनाइएको छ । 

मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङलाई विशेष अदालतले एक करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना र सो बराबरको बिगो भराउने सजाय गरेको हो  ।

दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । भट्टराईका अनुसार ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ ।

कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ ।

नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै