• २०८१ बैशाख १७ सोमबार

दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान' का संयोजक पक्राउ

kharibot

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो अभियानको केन्द्रीय संयोजक घोषणा गरिएको थियो ।

संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु समेत परिचालन गरिएको थियो ।

बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए । प्रहरीले अहिले उनी सोधपुछ गरिरहेको र उनलाई अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै