• २०८१ बैशाख २० बिहीबार

स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट

kharibot

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गरेका छन् । 

स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन गएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेका उनका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए । 

उनीहरुबीच बिरामी सुरक्षामा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । यही फागुन ९ गते राति सम्मेलनमा भाग लिन त्यसतर्फ गएका मन्त्री गिरी यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै