• २०८१ बैशाख १९ बुधबार

राष्ट्रपति निर्वाचन: महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न लोसपाको देउवालाई आग्रह

kharibot

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपति चयनका विषयमा संसदको सबैभन्दा ठुलो दल नेपाली काँग्रेससँग छलफल गरेको छ । 

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको हो  ।

राष्ट्रपतिमा आफूलाई साथ दिन आग्रह गर्दै बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायतका नेताहरुले कांग्रेस सभापति देउवालाई भेटेर राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।
राष्ट्रिय सहमतिका लागि ठाकुर उपयुक्त पात्र हुने लोसपा नेताहरुले प्रस्ताव गरेका छन् ।

लोसपाको प्रस्तावमा कांग्रेस सभापति देउवाले ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा पार्टी भित्र छलफल गर्ने आश्वासन दिएका छन् ।

नयाँ सत्ता समीकरण बनाउने बेलैमा राष्ट्रपति एमालेबाट हुने सहमति बनेको भन्दै एमालेले पूर्वसहमति कार्यान्वयन हुनु पर्ने अडान लिँदै आएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने प्रस्ताव गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै