• २०८१ बैशाख १८ मंगलबार

स्पट फिक्सिङको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर

kharibot

काठमाडौं । नेपाल टी -२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ३ खेलाडीसहित ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

खेलाडीहरु मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता भनिने नितेश साहविरुद्ध जनही तीन वर्ष कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

त्यस्तै स्पट फिक्सिङमा संलग्न भएको अभियोगमा नवीन कँडेल र रवि माझीविरुद्ध पनि मुद्दा दाएर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसअघि नै आदिल र महबुबलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्ने गरी मेलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालयले स्पट फिक्सिङमा संलग्न अभियोग लागेका फरार नवीन र रवि विरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै