काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् ।
शनिबार बसेको बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृतको लागि गुरुङसँगै प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा छनोट भएका थिए ।
गुरुङको नेपाली र विदेशी बैंकमा २७ वर्ष काम गरेको अनुभव छ ।