• २०८१ असार १५ शनिबार

छक्का पञ्जा-४ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । यस वर्षको प्रतिक्षीत फिल्ममध्येको एक छक्का पञ्जा-४ को ट्रेलर सार्वजनिक भएको छ ।

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । ट्रेलर हेर्दा फिल्म राजनीतिक विषयवस्तुमा बनेको बुझ्न सकिन्छ ।

फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । दीपक राज गिरी, केदार घिमिरे 'माग्ने बुढा', बेनिशा हमाल, नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय रहेको रहेको छ । 

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको छक्का पञ्जा-४ को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

फिल्मको ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै