• २०८१ बैशाख १७ सोमबार

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालले भारतको सामना गर्दै

kharibot

काठमाडौँ । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल दिउँसो २: ४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतबिरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै