• २०८१ बैशाख १५ शनिबार

धितोपत्र बोर्डमा बसेर वित्तीय रुपमा कुनै गल्ती गरेको छैन- अध्यक्ष हमाल

kharibot

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।

उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए । उनले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताए । उनले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताए ।

उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताए । उनले बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी गरे । उनले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरे । 

उनले भने,‘मलाई धेराबन्दी गर्न खोजिएको छ । बोर्डको अध्यक्ष भएर आएसँगै बोर्डले गरेका कामको तिब्रतालाई देखेर मेरो चरित्र हत्या गर्न खोजिएको हो । कानूनी राज्य छ मेरो मान्यता के हो भने नागरिकताको सवालमा वा कुनै अनियमिताको कुरामा कानूनी राज्यमा प्रमाण लेगेर कानूनमा गएपछि कानूनले हेर्छ । मैले नेपाली नागरिकता बाहेक कुनैपनि देशको कुनैपनि काल खण्डमा नागरिकता होइन पर्मानेन्ट एडेस समेत लिएको छैन ।

समाचारमा कुन देशको नागरिकता लिएको हो समेत लेखिएको छैन । कुनै बेस समेत नभएको मान्छेको चरित्रमा हत्या गर्न खोजियो । म चुनौति गर्छु । मैले ५६ वर्षमा जुनसुकै स्थानमा बसेर काम गर्दा गरेको कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुन्ड्याउँदा हुन्छ । केहीले मसँग विदेशको नागरिकता भएको बताएका छन् । तर उनीहरुले मसँग कुन देशको नागरिकता छ समेत भन्नसकेका छैनन् । मेरोमात्र होइन परिवारका कसैको पनि विदेशी नागरिकता छैन । छोरी बिहे भएर अमेरिकामा छ, उ अमेरिकी नागरिक हो ।’

उनले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताए । उनले बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको बताए । उनले हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने बताए । उनले लगानी कर्ताको हीतको लागि बोर्डले जस्तोसुकै शाहसिक निर्णय लिन तयार रहेको बताए । 

बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताए ।

उनले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आइपीओ निस्कासन अनुमति पाइरहेको बताए । उनले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय