• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल मुशरफको निधन

kharibot

काठमाडौँ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशरफको निधन भएको छ ।

पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार मुशरफको ७९ बर्षको उमेरमा दुवईको अस्पतालमा उपचारकोक्रममा निधन भएको हो ।

पाकिस्तानको सेनाका पूर्व कमाण्डर रहेका मुशरफ पछिल्लो समय किड्नी लगायतको समस्याबाट ग्रसित रहेका थिए ।

१९९८ मा पाकिस्तानी सेनाको प्रमुख बनेका मुशरफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै