• २०८१ बैशाख २० बिहीबार

सुपर मोडल मिलिंदले ३४ बर्ष कम उमेरकी प्रेमिकासँग गरे इन्गेजमेन्ट 

kharibot

मुम्बई । केहि समय अघि आफु भन्दा ३४ बर्ष कम उमेरकी युवतीसँगको प्रेमका कारण चर्चामा आएका बलिवुडका सुपर मोडल एवं अभिनेता मिलिंद सोमनले १८ बर्षिय युवती अंकिता कोनवरसँग इन्गेजमेन्ट गरेका छन् ।

दुवैले सामाजिक संजालमा हातमा इन्गेजमेन्ट औठी लगाएको तस्विर सार्वजनिक गरेपछि उनि हरुले इन्गेजमेन्ट गरेको खुलासा भएको हो । 

मिलिंद सुपर मोडल तथा अभिनेता मिलिंद केहिमहिना देखि १८ बर्षिय युवती अंकिता कोनवरसँग रोमान्स गर्दै आएका थिए । उनीहरुले आगामी बर्ष विवाह गर्ने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गत नोभेम्बरमा अंकिता कोनवरले मिलिंदसँगका छुट्टीमा विताएका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि मिलिंद र अंकिताको प्रेम सम्बन्धको चर्चा चलेको थियो । समाजिक सञ्जालमा त मिलिंद र अंकिताको उमेर अन्तरलाई लिएर मजाक नै बनाइएको थियो । दुवैमा ३४ बर्षको उमेर अन्तरका कारण पनि यो जोडी अहिलेपनि चर्चामा रहेको छ ।

केहि महिना अघि मिलिंदले आफुभन्दा धेरै कम उमेरकी युवतीसँग प्रेममा परेको आफै खुलासा गरेका थिए । अंकित एयर होस्टेज भएको बताइएको छ । मिलिंदले सामाजिक सञ्जालमा आफ्नो प्रेमको खुलासा गर्दै सम्बन्ध दुई व्यक्तिविच हुने हुनाले उमेरले यसमा केहि नगर्ने उल्लेख गरेका थिए ।

पछिल्लो पटक सैफ अलि खानसँग फिल्म ‘सेफ’ मा देखिएका मिलिंद संसारभर एक मोडल र फिट मोडलको रुपमा चिनिन्छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै