• २०८१ बैशाख १३ बिहीबार

फेर्नान्डो सान्तोष पोल्याण्डको प्रशिक्षक बन्दै

kharibot

काठमाडौँ । फेर्नान्डो सान्तोष पोल्याण्ड राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्ने भएका छन् ।

६८ बर्षिय सान्तोषलाई विश्वकपपछि पोर्चुगलले बर्खास्त गरेको थियो ।

उनले पोर्चुगलको राष्ट्रिय टिमलाई ८ बर्ष नेतृत्व गरेका थिए । यस अवधिमा पोर्चुगललाई २०१६ को युरो कप जिताएका थिए भने २०१८-१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए ।

सान्तोषले त्यसअघि ग्रीसको प्रशिक्षकको भूमिका निभाएका थिए । त्यस्तै क्लब फुटबल प्रशिक्षकको रुपमा पनि उनी निकै अनुभवी रहेका छन् । उनले पोर्चुगीच क्लब पोर्टो, बेनिफिका, स्पोर्टिंग सिपी जस्ता क्लबको प्रशिक्षक बनिसकेका छन् ।

हालै सम्पन्न विश्वकपको खेलको क्रममा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि उनको निकै आलोचना भएको थियो ।

सन्तोषले अब २०२६ को विश्वकपसम्म पोल्याण्डको प्रशिक्षकको भूमिका निभाउने छन् । पोल्याण्ड फुटबल फेडेरेसनले सान्तोषलाई भित्र्याएको औपचारिक घोषणा विहिबार गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै