• २०८१ बैशाख ७ शुक्रबार

कालिगण्डकी साहित्य परिषद्‍द्वारा स्रष्टा सम्मान

kharibot

काठमाडौं । कालिगण्डकी साहित्य परिषद, कालिका चितवन ले एक समारोहबीच स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन अनिता अर्यालले गरेका थिए । रामलाल कुमालले  स्वागत मन्तव्य  व्यक्त गरेको समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले  कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट   केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गरेका हुन् ।

कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजीलगायतका कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै