• २०८१ बैशाख ८ शनिबार

यतिको विमान दुर्घटना: अहिलेसम्म के के भयो ?

kharibot

काठमाडौँ ।  सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । 

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा रहेका छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । 

त्यस्तै मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन् ।

दुर्घटनास्थलबाट निकालिएका शव गण्डकी अस्पतालमा

पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २: १५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।

कसरी हुदै छ उद्धार ?

पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट ९एनएएलएक्स र ९एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।

साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा हुनुहुन्थ्यो भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए ।

को को थिए यात्री ?

पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ ।

यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ रहेका थिए । 

साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले रहेका थिए । 

त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवारी थिए । अन्य यात्रीमा  सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए । 

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो,  रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे थिए । 

साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा,  बेबी शर्मा थिए भने बाँकी दुईजना शिशुहरुको नाम खुलेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै