• २०८१ बैशाख २३ आइतबार

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जन्मकैदको फैसला

kharibot

मेयर सियाराम कुशवाह

रौतहट  । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले जन्मकैदको फैसला सुनाएको छ । 

हिन्दु युवा संघ बीरगन्जका तत्कालिन अध्यक्ष काशी नाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जन्मकैद भएको हो । 

जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले चैत २० गते पर्सा जिल्ला अदालतको फैसलालाई उल्टाउदै कुशवाहालाई जन्मकैदको सजाए सुनाएको छ । जिल्ला अदालत पर्साले कुशवाहालाई काशी तिवारीको हत्या अभियोगमा सफाई दिएको थियो । 

गत स्थानीय तहको निर्वाचनमा कुशवाहले नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको मेयर पदमा चुनाव जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै