• २०८१ बैशाख २३ आइतबार

एक्लोपनले ज्यान गुमाउदै दक्षिण कोरियाली

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । दक्षिण कोरियामा एक्लोपन बढ्दै गएको छ । मुद्रास्फीतिका कारण युवाहरुले विवाह र सन्तान जन्माउन सकेका छैनन् । अवस्था यति नाजुक छ कि ३५ देखि ५५ वर्ष उमेर समूहका लाखौं मानिस घरमा एक्लै बसिरहेका छन् । यो एक्लोपनमा कैयौं मान्छे मरिरहेका छन् ।

डरलाग्दो कुरा के छ भने मृत्यु धेरै हप्ता वा महिना बितिसक्दा पनि पत्ता लाग्ने गरेको छ । एकान्तमा मर्ने यो तरिकालाई स्थानीय भाषामा गोदोक्सा भनिन्छ।

दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयको प्रतिवेदन अनुसार २०२१ मा आइसोलेसनमा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ७८ रहेको छ, जुन ४ वर्षमा ४० प्रतिशतले बढेको छ । सन् २०२१ मा महिलाको तुलनामा पुरुषको संख्या ५.३ गुणा थियो ।

प्रतिवेदनमा भनिएको छ, एकान्तमा मृत्युको मुख्य कारण जनताको कमजोर आर्थिक अवस्था पनि रहेको छ । यस्ता मृत्युलाई रोक्नको लागि २०२१ मा लोन्ली डेथ प्रिभेन्सन एण्ड म्यानेजमेन्ट ऐन लागू गरिएको थियो ।

कोरिया सरकारले बालबालिकाको पालनपोषणका लागि आगामी वर्षदेखि प्रत्येक महिना दिदै आएको रकममा साढे दुई गुणा बढाएर दिने भएको छ । यति हुँदाहुँदै पनि आकाशिएको मुद्रास्फीतिका कारण मानिसहरु आफ्नो परिवार बढाउनमा चासो नचाहेको देखिदा सरकारको समस्या झन् बढेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै