• २०८१ बैशाख १५ शनिबार

२० हजार कर्मचारी हटाउने योजनामा अमेजन

kharibot

काठमाडौँ । विश्वका ठुला टेक कम्पनि ट्विटर, गुगल, फेसबुक र बेभरेज कम्पनि पेप्सी पछि अब अमेजनले पनि ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्प्यूटर वर्ल्डको रिपोर्ट अनुसार, अमेजनले आगामी महिनाहरूमा करिब २० हजार कर्मचारीहरूलाई हटाउने योजना बनाएको छ ।

अमेजनको यस कर्मचारी हटाउने अभियानमा वितरण र कर्पोरेट कार्यकारीहरू र प्राविधिक कर्मचारीहरू समावेश हुन सक्ने बताइएको छ ।

गत महिना जारी गरिएको मिडिया रिपोर्टहरूले अमेजनले करिब १० हजार कर्मचारीहरूलाई हटाउन सक्ने बताएको थियो, जुन टेक कम्पनीहरूको इतिहासमा सबैभन्दा ठूलो हुनेछ । तर, अहिले कम्पनीले दोब्बर कर्मचारीलाई बर्खास्त गर्न सक्ने अवस्था आएको छ । यदि स्रोतहरू विश्वास गर्ने हो भने, अमेजन कम्पनीको शीर्ष व्यवस्थापनले आफ्ना प्रबन्धकहरूलाई कर्मचारीहरूको कार्यसम्पादनसँग सम्बन्धित रिपोर्टहरू मागेको छ ।

कम्पनीको सम्झौता अनुसार अमेजनले आफ्ना बर्खास्त गरिएका कर्मचारीलाई २४ घण्टा सूचना र अतिरिक्त भत्ता दिएर बाहिरिने बाटो देखाउने बताएको छ । कोरोना महामारीको बेला अमेजनले कर्मचारीको ओभर हायरिङ गरेको थियो । 

यसअघि विशाल कम्पनी पेप्सिकोमा पनि एक सयभन्दा बढी कर्मचारी कटौतीको खबर बाहिर आएको थियो । पेप्सीको इंकले आफ्नो न्यूयोर्क मुख्य कार्यालयको खाजा र पेय पदार्थ एकाइहरूसँग सम्बन्धित १०० भन्दा बढी कर्मचारीहरूलाई हटाउने योजना बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै