काठमाडौँ । जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको छ ।
नामिबियाले दिएको २७६ रनको लक्ष्य पछाएको नेपाल ४६.५ ओभरमा अलआउट हुदै १८९ रन बनाएपछि खेल ८६ रनले हारेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४४ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । त्यस्तौ ज्ञानेन्द्र मल्लले ३०, अर्जुन साउदले २९, आरिफ सेखले १८ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभर सात विकेट गुमाएर २७५ रन बनाएको थियो ।
५ दशमलव ५ को रन रेट राखेको नामिबियाका ओपनर लो धन्द्री लोउरेन्सले १४ र डिवान ला ककले १८ रन मात्र बनाएका थिए ।
खेलमा राम्रो सुरुआत गरे पनि नेपाली बलिङले त्यसलाई निरन्तरता दिन सकेन । आठौं ओभरको पाँचौ बलमा २८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाले ११ औं ओभरको पहिलो बलमा ३४ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको थियो ।
तेस्रो नम्बरमा मैदानमा आएका मिचेल भान लिन्गेनले भने सतक प्रहार गरे । खेलमा अविजित उनले १११ बलमा १५ चौका र एक छक्काका साथ ११९ रन बनाएका छन् । ७६ बल खेलेका कप्तान गेरहार्ड एरास्मसले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए। त्यस्तै जान निकोल लोफटी इटोनले पनि ४० रनको योगदान दिए ।
नेपालका लागि आज ललित राजवंशीले उत्कृष्ट फिगरको बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर चार विकेट गिराएका हुन् । नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकालले समान १–१ विकेट लिए । नेपाली खेलाडीले दुई ओभर मात्र मेडन राख्न सकेका छन्। सोमपाल र गुल्सन झाले एकएक ओभर मेडन राखेका थिए ।
यो जितपछि नामिबियाको आईसीसी विश्वकप लिग २ अंक तालिकामा ३० खेलमा ३७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै नेपालको भने २३ खेलमा १८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।