• २०८१ बैशाख १७ सोमबार

को हुन् गोन्कालो रामोस ?

kharibot

काठमाडौँ । विश्वकपमा पोर्चुगलले राउण्ड १६ मा स्वीजरल्याण्डविरुद्ध क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर २१ बर्षिय गोन्कालो रामोसलाई खेलायो । रामोसले प्रशिक्षक फर्नान्डो सान्तोषलाई निराश बनाएनन् । उनले यस विश्वकपकै पहिलो ह्याट्रिक गरे र पोर्चुगलको ६-१ को जितमा महत्वपूर्ण योगदान गरे ।

यो खेलपछि यी २१ बर्षिय युवा खेलाडी रामोसको बारेमा विश्वभर चासो बढेको छ ।

उनले पोर्चुगलका लागि खेलेको यो चौथो खेल हो । ४ खेलमा पोर्चुगलका लागि ४ गोल गरेर उनले आफ्नो अन्तर्राष्ट्रिय फुटबलको क्यारियरमा उत्कृष्ट शुरुवात गरेका छन् ।

रामोसलाई पोर्चुगलको विश्वकप खेल्ने टिममा लिभरपुलबाट खेल्ने स्टार खेलाडी डिओगो जोटा घाइते भएपछि ल्याईएको थियो । उनलाई यसअघि समुह चरणका खेलमा भने बेन्चमै राखिएको थियो । यो प्रदर्शनसँगै रामोसले अब पोर्चुगलको प्लेइङ ११ मा आफ्नो नाम नछुटाउन प्रशिक्षकमाथि दबाब बढाएका छन् ।

उनी पोर्चुगलकै क्लब बेनिफिकाबाट व्यावसायिक फुटबल खेल्छन् । उनी बेनिफिकाकै युथ सिस्टमबाट आएका खेलाडी हुन् । उनले बेनिफिकाका लागि यस सिजनमा ११ खेलमा ९ गोल गरेका छन् ।

उनी पहिलो पटक यू-१९ युरोपियन च्याम्पियन्स २०१९ मा चर्चामा आएका थिए । उनी सो प्रतियोगिताको उच्च गोलकर्ता बनेका थिए ।

रामोस २०१३ देखि उनी १२ बर्षको हुदादेखि नै बेनिफिकामा रहेका छन् । उनी प्लेमेकर र बललाई गोलमा परिणत गर्ने खुबी भएको खेलाडीको रुपमा विकसित हुदै गरेका छन् । उनलाई भित्र्याउन इटालीयन क्लब एसी मिलानले यसअघि नै विशेष चासो देखाएका छन् ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै