काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत राउण्ड १६ मा जापान र क्रोसियाले १-१ गोलको बराबरी खेलेपछि अब ३० मिनेटको अतिरिक्त समयको खेल हुने भएको छ ।
जापानका लागि खेलको ४३औं मिनेटमा डाइजेन माएडाले गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए भने क्रोसियाका लागि खेलको ५५औं मिनेटमा इभान पेरिसिकले गोल गरेर खेल बराबरी गरेका थिए ।
निर्धारित ९०औं मिनेटमा दुवै बराबरी खेलेपछि अब ३० मिनेटको अतिरिक्त समयको खेल हुने छ ।









