• २०८१ बैशाख १८ मंगलबार

उरुग्वेका डिफेन्डरलाई १५ खेलको प्रतिबन्ध लाग्न सक्ने !

kharibot

काठमाडौँ । उरुग्वेका डिफेन्डर जोसे गिमेनेजलाई १५ खेलको प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

विश्वकपको समुह चरणबाट बाहिरिएपछि आक्रोसित बनेका डिफेन्डर गिमेनेजले फिफाका प्रतियोगिता निर्देशकलाई अभद्र व्यबहार गरेको भिडियो सार्बजनिक भएपछि उनीविरुद्ध १५ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने भएको हो ।

समुह चरणको अन्तिम खेलमा उरुग्वेले घानाविरुद्ध २-० को जित हासिल गरेपनि दक्षिण कोरियाले पोर्चुगलविरुद्ध जित हासिल गरेपछि उरुग्वेको विश्वकप यात्रा टुंगिएको थियो । घानाविरुद्धको खेलमा उरुग्वेलाई भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी नदिएपछि खेलाडीहरु रिसाएका थिए । उनीहरुले रेफ्रीलाई पनि निशाना बनाउदै घेरेका थिए ।

सार्बजनिक भएको भिडियोमा गिमेनेजले फिफाका प्रतियोगिता निर्देशकलाई पछाडी कुहिनाले हानेको देखिन्छ । साथै उनले ति अफिसियललाई तथानाम गाली गरेको समेत भिडियोमा सुन्न सकिन्छ ।

स्पेनिस मिडियाहरुले गिमेनेजले १५ खेलसम्मको प्रतिबन्ध खेप्न सक्ने उल्लेख गरेको छ । सामान्यतया यस्तो व्यबहारमा तीन खेलको प्रतिबन्ध हुने भएपनि फिफका अफिसियललाई नै अभद्र व्यबहार गरेकोले कडा सजाय हुन सक्ने बताइएको छ ।

फिफाको नियममा कुहिनाले हान्नुलाई निकै ठुलो गल्तिको रुपमा लिने गरिन्छ । गिमेनेजमाथि फिफाले कडा रवैया अपनाएमा उनले उरुग्वेका अबका १५ खेल वा उनको क्लब एथलेटिको म्याड्रिडका १५ खेल गुमाउन सक्ने सम्भावना देखिएको छ । यसको निर्णय फिफाको अनुशासन कमिटिले लिने छ ।

यसअघि उरुग्वेकै लुइस स्वरेजलाई २०१४ मा फिफाले तीन महिनाको प्रतिबन्ध लगाउदा देश र क्लब दुवैबाट खेल्न नसक्ने गरि लगाएको थियो ।

उरुग्वेका अन्य खेलाडीहरुले पनि विश्वकपबाट बाहिरिएपछि यस्तो अभद्र व्यबहार देखाएका थिए । खेलपछि टनेलमा जानेक्रममा उरुग्वेका एडिसन कभानीले भिडियो असिस्टेन्ट रेफ्री (भार) स्क्रिनलाई हानेर लडाई दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै