• २०८१ बैशाख १६ आइतबार

संघीय सांसदमा निर्वाचित पाण्डे अझै मुख्यमन्त्री

kharibot

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । उनी धादिङ २ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन् ।

उनले निर्वाचित प्रमाणपत्रसमेत बुझिसकेका छन् । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका छैनन् ।

अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीमै रहेका बेला उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसकेका छन् । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा दिएका छैनन् भन्ने खुल्न सकेको छैन ।

निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उनी प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहाल हुँदा पनि केही फरक पर्दैनथ्यो ।

तर, अहिले पनि उनी मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील छन् । प्रतिनिधिसभा सदस्य भइसकेका उनले स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै