• २०८१ बैशाख २६ बुधबार

भारतीय क्लबलाई हराउदै संकटा विराट गोल्ड कपको क्वाटरफाइनलमा 

kharibot

विराटनगर । संकटाका फुटबल क्बल काठमाण्डौ विराटनगरमा जारी पाँचौ विराट गोल्ड कपको अन्तिम आठमा प्रवेश गरेको छ । 

आइतबार भएको खेलमा संकटाले भारतको मोहम्मडन स्पोर्टिङ क्बल कोलकोतालाई १-० गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । 

संकटाको जितमा जिब्रेल टेरारीले निर्णायक गोल गरेका थिए । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले गोल रहित बरावरी भएपछि थप गरिएको समयमा संकटाका अफ्रिकन खेलाडी जिब्रेलले गोल गर्दै संकटालाई अन्तिम आठमा पुर्याएका छन् । 

बंगलादेशको क्लबले अन्तिम समयमा गोल्डकपमा सहभागी नहुने जनाएपछि संकटा अन्तिम समयमा गोल्ड कप खेल्न आएको हो ।

खेलको म्यान अफ द म्याच संकटाका सरोज दाहाल बने भने उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।

अव संकटाले क्वाटरफाइनलमा मंगलबार शसस्त्र प्रहरी बलको एपिएफसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो क्वाटरफाइलन खेल आयोजक रिजालको मोरङ ११ र रमपम झापा ११ फुटबल क्बलबिच हुने आयोजकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै