काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रेलियाको जितमा खेलको २३औं मिनेटमा मिचेल डुकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । डुकले हेड मार्फत सुन्दर गोल गरेका थिए ।
यो जितपछि समुह डी मा रहेको अस्ट्रेलियाले २ खेलमा ३ अंक हासिल गरेको छ । यस अघि खेलेको पहिलो खेलमा अस्ट्रेलियाले फ्रान्ससँग ४-१ को हार बेहोरेको थियो । त्यस्तै ट्युनिसियाको भने २ खेलमा एक अंक रहेको छ । ट्युनिसिया यसअघि खेलेको डेनमार्कसँगको खेलमा बराबरीमा रोकिएको थियो ।